भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

बन्धुकधारीले जथाभावी गोली प्रहार गर्दा स्वीडेनको एक विद्यालयमा १० जनाको मृत्यु

बन्धुकधारीले जथाभावी गोली प्रहार गर्दा स्वीडेनको एक विद्यालयमा १० जनाको मृत्यु

एजेन्सी । स्वीडेनमा १० जनाको मृत्यु भएको छ । एक विद्यालय परिसरमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको हो । गोली प्रहार गर्ने व्यक्ति प्रहरीको कारवाहीमा मारिएका छन् ।

घटनामा गोली लागेका पाँचजनाको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको बुझिएको छ । राजधानी स्टकहोमबाट २ सय किलोमिटर पश्चिममा रहेको ओरेब्रोको रिसबर्गस्का विद्यालय परिसरमा प्रवेश गरेका बन्धुकधारीले जथाभावी गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

उक्त विद्यालयमा प्राथमिक र माध्यमिक तहको पढाइ हुने गरेको बुझिएको छ । स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले यो घटनालाई स्वीडेनको इतिहासमै सबैभन्दा खराब सामूहिक गोलाबारीको संज्ञा दिदै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.