भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटवार्ता गर्ने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटवार्ता गर्ने

काठमाडौं । छिट्टै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटवार्ता गर्ने भएका छन् । दुई देशका राष्ट्रपतिबिच भएको टेलिफोन वार्तापछि भेटघाटको वातावरण बनेको बताइएको छ ।

निकट भविष्यमा साउदी अरेबियामा हुने एक कार्यक्रममा पुटिनसँग भेटवार्ता हुने संभावना रहेको ट्रम्पले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिकी समकक्षीसँग यस विषयमा झण्डै एक घण्टा फोनमा कुराकानी गरेको बताइएको छ ।

फोनवार्तामा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुराकानी भएको बुझिएको छ । युक्रेनको क्राइमिया र डोनेट्स्क क्षेत्र अहिलेपनि रुसी सेनाको नियन्त्रणमा रहेको छ । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण क्षमताको युद्ध शुरु गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.