भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

आदिवासीको लडाइँमा २० जनाको मृत्यु

आदिवासीको लडाइँमा २० जनाको मृत्यु

सिड्नी । पपुवा न्यु गिनीको सुनखानी नजिकै ठूलो जनजातीय लडाइँ भएको छ । त्यसबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरूको भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।

मुलुकको सबैभन्दा ठूलो सुन भण्डारमध्येको एक एन्गा प्रान्तको पोर्गेरा उपत्यकामा अवैध दुई खानी समूह एकआपसमा लड्दा गत साता एउटा समूहले अर्को समूहका दुई जनालाई मारेको थियो ।

दुई स्थानीय खानी कामदारसहित करिब २० व्यक्तिको मृत्यु भएको स्थानीय पत्रिका पोस्ट–कुरियरले जनाएको छ । प्रत्येक दिन मृतकको सङ्ख्या लगातार बढ्दै गएको छ । पोर्गेरामा पाँच हजारभन्दा बढी मानिसको सामूहिक पलायन भएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.