भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सवारी दुर्घटना हुँदा भारतको मध्य प्रदेशमा १२ जनाको मृत्यु, १५ जनाको अवस्था गम्भीर

सवारी दुर्घटना हुँदा भारतको मध्य प्रदेशमा १२ जनाको मृत्यु, १५ जनाको अवस्था गम्भीर

एजेन्सी । भारमा सडक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशस्थित गुनामा भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको हो । डम्पर र बस एकआपसमा ठोक्किएर बसमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बसमा करिब ४० यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा परेकाहरुको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । बुधबार भएको उक्त दुर्घटनामा जलेर घाइते भएका यात्रुहरुको अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.