भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सुन तस्करीः हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै रहने

सुन तस्करीः हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै रहने

काठमाडौं । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने जनाइएकमे छ ।

चिकित्सकको सल्लाहअनुसार उनी अझै अस्पतालमै रहने भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा रुपन्देहीबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो । उनका छोरा राहुल महरा भेप काण्डमै पक्राउ परेका छन् । सीआईबी अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए ।

नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएर बयान गराएका थिए । स्वास्थ्य अवस्था ठिक रहेको चिकित्सकले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.