भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुन तस्करीः हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै रहने

सुन तस्करीः हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै रहने

काठमाडौं । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने जनाइएकमे छ ।

चिकित्सकको सल्लाहअनुसार उनी अझै अस्पतालमै रहने भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा रुपन्देहीबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो । उनका छोरा राहुल महरा भेप काण्डमै पक्राउ परेका छन् । सीआईबी अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए ।

नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएर बयान गराएका थिए । स्वास्थ्य अवस्था ठिक रहेको चिकित्सकले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.