भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

पीडितसँग ५० हजार रुपैयाँ घुस लिने व्यक्ति प्रहरीको खोरमा

पीडितसँग ५० हजार रुपैयाँ घुस लिने व्यक्ति प्रहरीको खोरमा

रौतहट । रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । मिटर ब्याज पीडितसँग पैसा उठाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आरोपीले सीडीओ र अन्य कर्मचारीलाई दिनुपर्छ भन्दै पीडितसँग ५० हजार रुपैयाँ माग गरेको थिए ।

पैसा लिइरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गरी पीडितको पैसा फिर्ता गराएर आरोपी माथि ठगी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको गिरीएको छ ।

मिटरब्याज पीडितलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराइदिन्छु भन्दै सो बापत ५० हजार लिइरहेकै अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ७ घर भएका भरोसी साह रहेका छन्। उनलाई पीडित संग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.