भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

काठमाण्डौको मौसम बदली, तराईमा हुस्सु र कुहिरोको प्रभाव उस्तै

काठमाण्डौको मौसम बदली, तराईमा हुस्सु र कुहिरोको प्रभाव उस्तै

मुख्य बुँदा 

काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम बदली

पश्चिमी वायुको आंशिक प्रभाव देशभर

तराईमा हुस्सु र कुहिरो यथावत्

सडक, हवाई यातायात र जनजीवन प्रभावित

उच्च सतर्कता अपनाउन प्राधिकरणको अपिल

काठमाण्डौ, पुष १० । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ। हिजो र अस्ति दिनभर पारिलो घाम लागेको काठमाण्डौको आकाशमा आज बिहानैदेखि बादल लागेको छ।

मौसमविद्का अनुसार आज दिउँसो पनि आकाशमा बादल लागिरहने र हिजोजस्तो पारिलो घाम लाग्ने सम्भावना कम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसको असरले धेरै ठाउँमा मौसम बदली हुनुका साथै तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाले तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

पछिल्लो एक हप्तायता तराईका धेरै ठाउँमा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ। दिउँसो अबेरसम्म घाम नलाग्दा स्थानीयबासिन्दालाई घरबाहिर निस्कनसमेत कठिनाइ भइरहेको छ। सरकारले औपचारिक रूपमा शीतलहर घोषणा नगरे पनि तराई–मधेशका धेरै ठाउँमा शीतसहितको चिसो हावा चलिरहेको स्थानीयबासिन्दाले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा दिउँसोसम्म हुस्सु लाग्ने गरेको छ। पूर्वी तराईमा दिउँसो मौसम केही खुले पनि पारिलो घाम भने लागेको छैन। हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुन थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

प्राधिकरणले आवश्यक परेमा पालिकासँग समन्वय गरी संकटासन्न समुदायलाई न्यानो लत्ताकपडा, न्यानो गराउने उपकरण तथा सामग्री वितरण गर्न आग्रह गरेको छ।

साथै शीतलहरबाट बच्ने उपायबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, तथा विपन्न समुदायका व्यक्तिलाई आवश्यक परेमा सार्वजनिक भवन, मठमन्दिर वा सुरक्षित स्थानमा न्यानो हुने व्यवस्था मिलाउन प्राधिकरणले सम्बन्धित पालिकालाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.