भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

युक्रेनले २० बुँदे नयाँ शान्ति योजना सार्वजनिक गर्याे

युक्रेनले २० बुँदे नयाँ शान्ति योजना सार्वजनिक गर्याे

एजेन्सी, पुष १० । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार पारिएको नयाँ शान्ति योजनाको विवरण सार्वजनिक गर्नुभएको छ। अमेरिकासँग सहमत भएको २० बुँदे शान्ति योजनाले युद्ध समाधान प्रक्रियामा नयाँ मोड ल्याएको बताइएको छ।

योजनाअनुसार युक्रेनको पूर्वी क्षेत्रमा निःशस्त्रीकरण क्षेत्र वा आर्थिक क्षेत्र स्थापना गर्ने प्रस्ताव गरिएको छ। यदि युक्रेनमाथि फेरि आक्रमण भएमा अमेरिका, नाटो तथा युरोपेली देशहरूबाट संयुक्त सुरक्षा प्रत्याभूति प्रदान गरिने उल्लेख छ।

बीबीसीका अनुसार पूर्वी डोनबास क्षेत्रको सन्दर्भमा युक्रेनी सेनाले केही दूरीसम्म भारी हतियार फिर्ता लिएर निःशस्त्रीकरण वा आर्थिक क्षेत्र बनाउन सकिने राष्ट्रपति जेलेन्स्कीको भनाइ छ। यद्यपि रूसले डोनेत्स्क क्षेत्रको झन्डै एक चौथाइ भूभागबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ।

यसको प्रत्युत्तरमा युक्रेनले रूसले पनि बराबर दूरीसम्म आफ्ना फौज फिर्ता गर्नुपर्ने शर्त अघि सारेको छ। नयाँ योजनामा युक्रेनलाई शान्ति कालमा अधिकतम आठ लाख सैनिक बल राख्न अनुमति, युक्रेनको सार्वभौमिकता पुनः पुष्टि, तथा रूससँग गैर–आक्रमण सम्झौता गर्ने प्रस्ताव समावेश छ।

योजनामा अन्तर्राष्ट्रिय निगरानी संयन्त्रसहित सीमामा विदेशी बल परिचालन गर्ने विषय पनि उल्लेख गरिएको छ। साथै, डोनबास र जापोरिज्जिया परमाणु विद्युत् केन्द्र वरपर आर्थिक क्षेत्र स्थापना, तथा रूसले सुमी, खार्किभलगायत केही क्षेत्रबाट फौज फिर्ता गर्नुपर्ने माग युक्रेनले अघि सारेको छ।

यस शान्ति योजनामा युक्रेनलाई युरोपेली संघको सदस्यता दिने स्पष्ट समयसीमा प्रस्ताव गरिएको छ भने युद्धपछिको पुनर्निर्माणका लागि झन्डै २०० अर्ब डलरको लगानी कोष स्थापना गर्ने योजना पनि समावेश गरिएको छ। नयाँ शान्ति योजनाबारे रूसको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको समाचारमा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.