भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जाँडरक्सी खाएर विश्वभर बर्सेनि झन्डै ३० लाखको मृत्यु

जाँडरक्सी खाएर विश्वभर बर्सेनि झन्डै ३० लाखको मृत्यु

काठमाडौं । विश्वभर जाँडरक्सी खाएर बर्सेनि झन्डै ३० लाख जना मानिसको ज्यान जाने गरेको पाइएको छ । सन् २०१९ को आँकडा अनुसार २६ लाख जना मानिसको ज्यान जाने जाँडरक्सी खाएका कारण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो केही वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो अस्वीकार्यरूपमा उच्च रहेको डब्लुएचओको भनाइ छ । जाँडरक्सी र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा विभिन्न कारण हुने २० वटा ज्यान जाने घटनामा एक जनाको जाँडरक्सी कारण हुने गरेको बताइएको छ ।

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा जाँडरक्सी खाएका कारण हुने ज्यान जाने उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ ।

जाँडरक्सीको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्‍याउने र मानसिक स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँने डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.