भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

जाँडरक्सी खाएर विश्वभर बर्सेनि झन्डै ३० लाखको मृत्यु

जाँडरक्सी खाएर विश्वभर बर्सेनि झन्डै ३० लाखको मृत्यु

काठमाडौं । विश्वभर जाँडरक्सी खाएर बर्सेनि झन्डै ३० लाख जना मानिसको ज्यान जाने गरेको पाइएको छ । सन् २०१९ को आँकडा अनुसार २६ लाख जना मानिसको ज्यान जाने जाँडरक्सी खाएका कारण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो केही वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो अस्वीकार्यरूपमा उच्च रहेको डब्लुएचओको भनाइ छ । जाँडरक्सी र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा विभिन्न कारण हुने २० वटा ज्यान जाने घटनामा एक जनाको जाँडरक्सी कारण हुने गरेको बताइएको छ ।

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा जाँडरक्सी खाएका कारण हुने ज्यान जाने उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ ।

जाँडरक्सीको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्‍याउने र मानसिक स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँने डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.