भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

सिरहामा जङ्गली हात्तीको आतंक, आधा दर्जन घरमा क्षति

सिरहामा जङ्गली हात्तीको आतंक, आधा दर्जन घरमा क्षति

मुख्य बुँदा

लहान–१६ आरिदमार टोलमा जङ्गली हात्तीको आतंक

आधा दर्जन घरमा क्षति

अन्नपात र तरकारी बाली नष्ट

चुरे क्षेत्रको जङ्गलबाट बस्तीमा हात्ती प्रवेश

स्थानीय बासिन्दा त्रसित

हात्तीहरू नजिकैको झाडी क्षेत्रमा बसिरहेको अवस्था

प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयको निगरानी

सिरहा, २१ पुष । सिरहाको लहान नगरपालिका–१६ आरिदमार टोलमा शुक्रबार राति जङ्गली हात्तीको समूह गाउँमा पसेर आतङ्क मच्चाउँदा आधा दर्जन घरमा क्षति पुगेको छ ।

चुरे क्षेत्रको जङ्गलबाट बस्तीमा पसेका हात्तीहरूले घर भत्काउनुका साथै भण्डारण गरिएको अन्नपात र करेसाबारीमा लगाइएको तरकारी बाली नष्ट गरेका छन् ।

वडाध्यक्ष गडुलबहादुर जर्घा मगरका अनुसार हात्तीको समूहले भूपाल नाम्जेली मगर, जालबहादुर थापा मगर, भक्तबहादुर मगर, रामबहादुर थापा मगर, गोपाल थापा मगर र हरिबहादुर थापा मगरको घरमा क्षति पुर्‍याएको छ ।

हात्तीले घरसँगै अन्नपात तथा तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको जानकारी दिँदै उहाँले घटनापछि स्थानीयवासी त्रसित बनेको बताउनुभयो । स्थानीय हरीबहादुर मगरका अनुसार हात्ती गाउँ पसेपछि बासिन्दा रातभर त्रासमा बिताउन बाध्य भए ।

वडाध्यक्ष मगरका अनुसार बस्तीमा क्षति पुर्‍याएपछि हात्तीहरू दिनभर नजिकैको झाडी क्षेत्रमा बसिरहेका छन् । हात्ती धपाउन तथा थप क्षति हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय लहानको संयुक्त टोलीले निगरानी गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.