भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिरहामा जङ्गली हात्तीको आतंक, आधा दर्जन घरमा क्षति

सिरहामा जङ्गली हात्तीको आतंक, आधा दर्जन घरमा क्षति

मुख्य बुँदा

लहान–१६ आरिदमार टोलमा जङ्गली हात्तीको आतंक

आधा दर्जन घरमा क्षति

अन्नपात र तरकारी बाली नष्ट

चुरे क्षेत्रको जङ्गलबाट बस्तीमा हात्ती प्रवेश

स्थानीय बासिन्दा त्रसित

हात्तीहरू नजिकैको झाडी क्षेत्रमा बसिरहेको अवस्था

प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयको निगरानी

सिरहा, २१ पुष । सिरहाको लहान नगरपालिका–१६ आरिदमार टोलमा शुक्रबार राति जङ्गली हात्तीको समूह गाउँमा पसेर आतङ्क मच्चाउँदा आधा दर्जन घरमा क्षति पुगेको छ ।

चुरे क्षेत्रको जङ्गलबाट बस्तीमा पसेका हात्तीहरूले घर भत्काउनुका साथै भण्डारण गरिएको अन्नपात र करेसाबारीमा लगाइएको तरकारी बाली नष्ट गरेका छन् ।

वडाध्यक्ष गडुलबहादुर जर्घा मगरका अनुसार हात्तीको समूहले भूपाल नाम्जेली मगर, जालबहादुर थापा मगर, भक्तबहादुर मगर, रामबहादुर थापा मगर, गोपाल थापा मगर र हरिबहादुर थापा मगरको घरमा क्षति पुर्‍याएको छ ।

हात्तीले घरसँगै अन्नपात तथा तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको जानकारी दिँदै उहाँले घटनापछि स्थानीयवासी त्रसित बनेको बताउनुभयो । स्थानीय हरीबहादुर मगरका अनुसार हात्ती गाउँ पसेपछि बासिन्दा रातभर त्रासमा बिताउन बाध्य भए ।

वडाध्यक्ष मगरका अनुसार बस्तीमा क्षति पुर्‍याएपछि हात्तीहरू दिनभर नजिकैको झाडी क्षेत्रमा बसिरहेका छन् । हात्ती धपाउन तथा थप क्षति हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय लहानको संयुक्त टोलीले निगरानी गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.