भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यमनमा साउदी समर्थित सेनाको आक्रमणमा ८० दक्षिणी सैनिक मृत, १५२ घाइते

यमनमा साउदी समर्थित सेनाको आक्रमणमा ८० दक्षिणी सैनिक मृत, १५२ घाइते

मुख्य बुँदा

यमनमा साउदी समर्थित सेनाको आक्रमणमा ८० दक्षिणी सैनिकको मृत्यु

१५२ जना घाइते, १३० जना बन्धक

आक्रमण दक्षिणी संक्रमणकालीन परिषद (एसटिसी) विरुद्ध भएको

साउदी सेनाले कब्जा भएको भू-भाग फिर्ता लिन अभियान सुरु गरेको

रियाद र अबु धाबी बीच प्रभुत्वको संघर्षले खाडी सहयोगीमा दरार गहिरो

एजेन्सी, २१ पुष । यमनको पृथकतावादी दक्षिणी संक्रमणकालीन परिषद (एसटिसी)का करिब ८० जना सैनिक साउदी अरबको सहयोगप्राप्त सेनाको आक्रमणमा परी मृत्यु भएका छन्।

एसटिसी बलका एक सैन्य अधिकारीका अनुसार गत शुक्रबारदेखि सुरु भएको लडाइँमा ८० सैनिक मारिएका छन् भने १ सय ५२ जना घाइते भएका छन्। यसै क्रममा १ सय ३० जना सैनिक बन्धक बनाइएको छ।

साउदी समर्थित सेनाले युएई समर्थित एसटिसीले कब्जा गरेको भू-भाग फिर्ता लिन अभियान सुरु गरेको थियो। रियाद र अबु धाबीको समर्थन प्राप्त यी दुई सेनाबीच प्रभुत्वको लागि संघर्षले दुई खाडी सहयोगीहरूबीचको दरार गहिरो बनाएको छ।

 


Thali Mobile Pvt.Ltd.