काठमाडौं । ग्रीनलाइनका सञ्चालक अमित अग्रवाललाई प्रहरिले बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ । ग्रिनलाइनका सञ्चालक अग्रवाल तीन दिनअघि काठमाडौं परिसरको टोलीले पक्राउ गरेको हो । चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अधिकारी र जबराको चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो । पुस २२ गते अमितसहित उनका परिवारका ९ सदस्य एकाएक नेपाल छोडेर भारत पुगेका थिए । आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्कविहीन भएको भन्दै अमितकी बहिन रजनी अग्रवालले पुस २३ गते उजुरी दिएकी थिइन् । सञ्जयको ५० लाख र टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रहरीले जनाएको छ ।
