भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो

अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो

काठमाडौं । ग्रीनलाइनका सञ्चालक अमित अग्रवाललाई प्रहरिले बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ । ग्रिनलाइनका सञ्चालक अग्रवाल तीन दिनअघि काठमाडौं परिसरको टोलीले पक्राउ गरेको हो । चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अधिकारी र जबराको चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो । पुस २२ गते अमितसहित उनका परिवारका ९ सदस्य एकाएक नेपाल छोडेर भारत पुगेका थिए । आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्कविहीन भएको भन्दै अमितकी बहिन रजनी अग्रवालले पुस २३ गते उजुरी दिएकी थिइन् । सञ्जयको ५० लाख र टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.