भर्खरै : Sorry, your browser does not support inline SVG.

अछाम अपडेटः मृतकका परिवारलाई एक लाख २० हजार किरिया खर्च प्रदान

अछाम अपडेटः मृतकका परिवारलाई एक लाख २० हजार किरिया खर्च प्रदान

अछाम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्केका छन् । पहिरोमा परेर मृत्यु भएका अछाम कमलबजार, ढकारी र तुर्माखाँद गाउँपालिका पुगेर मुख्यमन्त्रीले सात परिवारलाई नगद, कम्बल र भाँडाकुँडा सहयोग गरेका हुन ।

मुख्यमन्त्री भट्टले मृतकका परिवारलाई भेटेर १३ लाख ४० हजार रुपियाँ बराबरकाे राहत हस्तान्तरण गरेका हुन । एक जना मृत्यु भएको परिवारलाई एक लाख र २० हजार रुपियाँ किरिया खर्च प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए ।

दुई वा दुईभन्दा बढीको मृत्यु भएको परिवारलाई प्रतिपरिवार दुई लाख २० हजार रुपियाँ किरिया खर्च वितरण गरिएको हाे । घर भत्केको तथा खानेपानी, सिँचाइलगायतका समस्यालाई एकीकृत गरेर प्रदेश सरकारले अर्को प्याकेजमा सहयोग गर्ने प्रतिवद्धता गरेको छ।

जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले अछामलाई विपत् सङ्कटग्रस्त घोषणा गर्नका लागि माग गर्ने निर्णय गरेको छ । जनप्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।

कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकालाई विपत् सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेर घाइतेको उपचार, विस्थापितको राहत, उद्धार तथा पुनर्निर्माण गर्न सङ्घीय र सुदूरपश्चिम सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.