भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अझै बनेन रोल्पा अस्पताल भवन

अझै बनेन रोल्पा अस्पताल भवन

रोल्पा । जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६–०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेकोे बताए ।

उहाँले भन्नुभयो “स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसके छ । भवन अभावमा उनीहरु आएका छैनन । समयमै भवन नबन्दा सेवा प्रवाह र बिरामी समस्यामा परेका छन् ।” जिल्लामै पहिलो पटक चिकित्सा विशेषज्ञ सेवाका लागि ‘एमडी’को तहको दरबन्दी स्वीकृत भई तिहारलगत्तै हाजिरी हुने भनिए पनि भवन अभावले चिकित्सक आउन पछि थकेलिएको जनाइएको छ ।

संविधानले दिएको मौलिक हकसमेत उपभोग नपाएको महिला अधिकारकर्मी तीर्था आचार्यको भनाइ छ । “सामान्य स्वास्थ्योपार गर्नसमेत जिल्ला बहिर जानुपर्दा पैसा र समयको नोक्सानी बेहोर्नुपरेको छ”, उहाँले भन्नुभयो । “भवन निर्माण समयमै भए जिल्लाबाटै विशेषज्ञ सेवाले जिल्लावासी लाभान्वित हुने थिए”, उहाँले भन्नुभयो । निर्माण व्यवसायीले दलीय आवद्ध भएर बस्ने भएकाले यस्ता लापर्बाही बढ्ने गरेका जिल्लावासीको गुनासो छ ।

अस्पताल भवन रु ३३ करोडको लागतमा निर्माण गर्न थालिएको अस्पतालका सूचना अधिकृत कुलबहादुर डाँगीले जानकारी दिए । निर्माण व्यवसायी खगेन्द्र बुढामगरले निर्माणको काम गर्दै आएको उहाँको भनाइ छ । निर्माण व्यवसायी बुढामगरसँग सम्पर्क गर्न प्रयास गर्दा फोन सम्पर्क हुन सकेन । दुई–चार कामदारबाहेक साइटमा थप मजदूर परिचालन गरेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.