भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अझै भेटिएनन् मूर्ति विसर्जन गर्दा डुबेर बेपत्ता भएका प्रहरी जवान सन्तकुमार

अझै भेटिएनन् मूर्ति विसर्जन गर्दा डुबेर बेपत्ता भएका प्रहरी जवान सन्तकुमार

रूपन्देही । दुर्गामूर्ति विसर्जन गर्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका कोटहीमाई १ अमरगंजवाका २० वर्षीय सन्तकुमार राजभर अझै अज्ञात छन् । अमरगंजवास्थित दानव र तिनाउ नदीको संगम दुईमुहानमा मंगलबार दिउसो १ बजेतिर तीनजना युवाहरू डुबेका थिए ।

सन्तकुमारसँगै खोलामा डुबेका स्थानीय २४ वर्षीय अजय कुमार नाउ र १८ वर्षीय अजय राजभरको भने मंगलबार दिउसो शव फेला परेको थियो । मृतक अजय राजभर प्रहरी जवान रहेको र दसैंको छुट्टीमा घर आएको बखत उक्त घटना भएको कोटहीमाई १ का वडा अध्यक्ष ब्रह्मदेव यादवले जानकारी दिए।

खोलामा डुबेर बेपत्ता भएका सन्तकुमारलाई मंगलबार रातिसम्म खोजी गर्दा पनि फेला नपरेपछि बुधवार बिहानैदेखि खोजी सुरू गरिएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.