काठमाण्डौ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस विभिन्न कार्यक्रम गरी मनादै छ । सबै मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ तारिखका दिनलाई यो दिवसको रुपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ ।
सरकारले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित देशको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ । नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा पालिकामा अर्बौँ रुपैयाँका फरक–फरक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।
