भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

अब चीन तर्फको नाका सञ्चालनमा आउने

अब चीन तर्फको नाका सञ्चालनमा आउने

२१ असार २०७७ काठमाडौं । ६ महिनादेखि बन्द नेपाल–चीन रसुवागढी नाका सञ्चालनमा आउने भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने लागेको सुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए ।

सोमबारदेखि संचालन हुने उक्त नाका सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४ बाट बन्द थियो । नेपाली समयअनुसार बिहान ८ बजेदेखि नाका सञ्चालनमा ल्याउन समझदारी बनेको खड्काले बताए । प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १२० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने बताइएको छ ।

नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरु नै परिचालित हुने र त्यसकालागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाएको पनि भन्सार कार्यालयले जनाएको छ । मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याईने भन्सार कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.