अब हामी सरकारमा जान्छौंः नेपाल

अब हामी सरकारमा जान्छौंः नेपाल

काठमाडौं । नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहभागी हुने बताएका छन् ।

पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिकरूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताएका हुन् ।

आफूहरुको नयाँ पार्टी राष्ट्र र जनताप्रति समर्पित भई काम गर्ने उल्लेख गर्दै उनले भने, ‘यो पार्टी राष्ट्रप्रति र जनताप्रति समर्पित हुनेछ, यो कुनै स्वार्थ र कुसंस्कारको झुण्डमा पर्ने छैन ।’

अध्यक्ष नेपालले क्रान्तिकारी धारमा हिँड्नेले जनता र कार्यकर्ताको चाहना बुझ्न सक्नुपर्ने र आफूले पार्टीलाई जोगाउन, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताका हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Mohotsav


Thali Mobile Pvt.Ltd.