भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

अबको तीन दिन भित्र मेलम्चीको पानी भक्तपुरमा वितरण हुने

अबको तीन दिन भित्र मेलम्चीको पानी भक्तपुरमा वितरण हुने

काठमाडौं । अबको तीन दिनभित्रै मेलम्चीको पानी भक्तपुरमा वितरण हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलनकुमार शाक्यले सोमबार भेट गर्दै मेलम्चीको पानी अबको २–३ दिनभित्रै वितरण गरिने बताए ।

भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा पानीको सहज वितरणलाई प्राथमिकतामा राख्दै आएको बताउँदै खानेपानीको समस्या समाधान छिटै गर्नु आवश्यक भएको बताए । उनले खानेपानीको समस्या मुख्य समस्याका रुपमा रहेको बताए । जनतालाई छिटोभन्दा छिटो मेलम्चीको पानी वितरणमा जोड दिनुपर्ने बताए ।

जनप्रतिनिधिहरूले खानेपानी व्यवस्थापनमा चासो लिएकोप्रति धन्यवाद दिदै कटुञ्जे पानी ट्याड्ढीबाट मेलम्चीको पानी भक्तपुरमा वितरण हुने तयारी भइरहेको केयुकेएलका प्रमुख मिलनकुमार शाक्यले जानकारी दिए । पानीको स्रोत बढाउने प्रत्यत्न भइरहेको र सुन्दरीजलमा थप १० करोड लिटर थप्ने योजना अघि बढाइरहेको बताए ।

महादेव खोलामा बाँध बाँधेर भक्तपुरमा पानी वितरण गर्ने योजनालाई अघि बढाउने पहल भइरहेको भन्दै प्रमुख शाक्यले भक्तपुरबासीलाई सहज पानी उपलब्ध गराउन केयुकेएलले निरन्तर प्रयास जारी राखेको बताए । भेटघाटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, केयुकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठ, ई. चेतबहादुर ऐरलगायतको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.