भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

युक्रेनले रुसलाई आफ्नो एक इन्च जमिन नदिने राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको चेतावनी

युक्रेनले रुसलाई आफ्नो एक इन्च जमिन नदिने राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको चेतावनी

काठमाडौं । रुससँग युद्ध अन्त्यको लागि आफ्नो एक इन्च जमिन पनि नछोड्ने युक्रेनले चेतावनी दिएको छ । राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुससँंगको युद्ध कुटनीतिक बाटोबाट मात्रै समाधान हुने बताउदै युद्ध अन्त्यको लागि आफ्नो एक इन्च जमिन पनि नछोड्ने चेतावनी दिएका हुन ।

उनले आफ्नो भू–भाग दिने विषयमा सम्झौता नहुने घोषणा घोषणा समेत गरेका छन् । रुसले युक्रेनको पूर्वी क्षेत्रमा रहेको सेभेरोडोनेत्स्क शहरमा घेरा हालेकै बेला युक्रनले आफ्नो घोषणा सार्वजनिक गरेको हो । पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले युक्रेनको किभमा संसदलाई सम्बोधन गर्दै युक्रेनीहरूले मात्रै आफ्नो भविष्यको निर्णय गर्ने सक्ने औंल्याएका छन् ।

भ्रमणको क्रमको किभ पुगेका राष्ट्रपति डुडाले सम्बोधनकै क्रममा युक्रेनलाई युरोपियन युनिएन इयुमा सामेल गराउने प्रयास जारी रहेको समेत बताएका छन् । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिआयलो पोडोल्याकले आगामी दिनमा अझै रक्तापातपूर्ण युद्ध हुनसक्ने संकेत गर्दै रुससँग कुनै हालतमा सम्झौता नगर्ने स्पष्ट बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.