भर्खरै : Sorry, your browser does not support inline SVG.
एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड |

अमेरिकामा ल्होसार

अमेरिकामा ल्होसार

न्युयोर्क । मेयर र सांसदहरुको उपस्थीतिमा शेर्पा किदुग अमेरिकाले भब्य रुपमा ग्याल्पो ल्होसार मनाएको छ ।

ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको गुम्बामा मनाइएको ल्होसारमा न्युयोर्क सिटीका मेयर एरिक आडम्स, अमेरिकाको वासिंटन डिसी संसदमा न्युयोर्कको ६ नम्बर डिस्ट्रिक्टबाट प्रतिनिधित्व गर्ने सांसद ग्रेस मेङ, न्युयोर्क राज्य सांसद स्टेभन रागा, न्युयोर्क सिटीका डेपुटी कमिश्नर दिलिप चौहान लगायतको उपस्थीति रहेको थियो ।

ल्होसारको शुभकामना दिदै आफूले कैयन बर्ष अगाडि नेपालको भ्रमणको गरेको उल्लेख गर्दै न्युयोर्कमा ठूलो समुदायलाई पाउनु खुशीको कुरा भएको मेयर एरिक आडम्सले बताए ।

मेयर आडम्सले शेर्पा किदुगलाई प्रशंसापत्र प्रदान गरेका थिए भने किदुगकी अध्यक्ष छिरिङ शेर्पाले मेयर आडम्सलाई बुद्धको मूर्ति उपहार दिएकी थिइन् । कार्यक्रममा सांसद ग्रेस मेङले सबैलाई ल्होसारको शुभकामना दिइन् ।

न्युयोर्क सिटीका डेपुटी कमिश्नर दिलिप चौहानले ल्होसारको शुभकामना दिए । राज्य सांसद स्टेभन रागाले नेपाली समुदायको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताए ।

कार्यक्रममा शेर्पा समुदायका साथै न्युयोर्कका अन्य नेपाली संघ सस्थाहरुका प्रतिनिधिहरुको बाक्लो उपस्थीति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.