अमेरिकामा ३ नेपालीको मृत्यु

अमेरिकामा ३ नेपालीको मृत्यु

अमेरिका । अमेरिकाको न्यूयोर्कमा आइडा नामक आँधी र भीषण वर्षाका कारण बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।

मृत्यु भएका परिवार

उनीहरुको बाढीमा परी मृत्यु भएको युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले जनाएको छ । अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र टोरनाड़ोको कारण ४५ जनाको मृत्यु भइसकेको छ । न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.