भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकी सेना प्रमुखको दाबी, रुसले युक्रेनमाथि सैन्य रुपमा जित्न नसक्ने

अमेरिकी सेना प्रमुखको दाबी, रुसले युक्रेनमाथि सैन्य रुपमा जित्न नसक्ने

एजेन्सी । युक्रेनमाथि रुसले सैन्य विजय हासिल गर्न नसक्ने अमेरिकी सेना प्रमुख मार्क मिलेले दाबी गरेका छन् । अमेरिकी सेनाका संयुक्त अध्यक्ष जनरल मिलेले यो युद्ध रुसले सैन्य रुपमा जित्न नसक्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताएका हुन । साथै युक्रेनले पनि आफ्नो सिमाबाट तत्काल रुसी सेनालाई पछि धकेल्न मुश्किल रहेको पनि उनले बताए ।

उक्त सम्मेलनम भने “यसको अर्थ लडाई लम्बिने छ, अझै रक्तपात हुने छ र झनै कठीनाइ बढ्ने छ । एउटा विन्दुमा पुगेपछि दुवै पक्ष युद्ध अन्त्य गर्नुपर्ने निष्कर्षमा पुग्नेछन्” ।

युक्रेको सत्ता ढाल्ने र सैन्य रुपमा जीत हासिल गर्ने रुसी रणनीति त्यति सजिलो छैन भन्दै जनरल मिलेले लाखौंको संख्यामा युक्रेनमा रहेका रुसी सैनिकलाई पछि धकेलेर गुमेको सिमाना पुनः प्राप्त गर्न युक्रेनलाई पनि उत्तिकै कठीन रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.