भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहानैदेखि अनिश्चितकालका लागि विराटनगरमा निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

सूचनामा लेखिएको छ , ‘‘ कोशी प्रदेश नामांकरण पश्चात् असहमत विविध समूह तथा पक्ष बाट विरोध, धर्ना, जुलुस, आयोजना गरी शान्ति सुरक्षामा असर पार्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार मिति २०८०।०२।१३ गते विहान ०६ः०० बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरुमा सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, (याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) वमोजिम निषेध गरिएकोले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यो आदेशको उलंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ । ’’

 


Thali Mobile Pvt.Ltd.