भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँची, । अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् । दसैँको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। बेपत्ता बालकको खोजीका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

यसैबीच वर्षापछि आएको पहिराको जोखिमले जिल्लाका २१ परिवारका ९६ जना विस्थापित भएका छन् । छत्रदेव गाउँपालिका–७ र ८ का ४६, मालारानी गाउँपालिका–६ का ३५, सन्धिखर्क नगरपालिका–६ का १३ र पाणिनि गाउँपालिका–८ का दुईजना विस्थापित भएका हुन् । विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गराइएको रिजालले बताए ।

 


Thali Mobile Pvt.Ltd.