भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अविवाहितका लागि मासिक ४ हजार ४०० भत्ता १

अविवाहितका लागि मासिक ४ हजार ४०० भत्ता १

काठमाडौं । अविवाहितका लागि भारतको हरियाणा सरकारले भत्ता दिने योजना ल्याएको छ । हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले पत्रकार सम्मेलनमार्फत अविवाहित र विधुर भत्ता दिने घोषणा गरेका हुन । अविवाहितले अव मासिक रूपमा २ हजार ७५० भारतीय रुपैयाँ अर्थात् ४ हजार ४०० नेपाली रुपैयाँ भत्ता पाउनेछन् ।

यस्तो भत्ता सुविधा ४५ वर्ष उमेर पूरा भएपछि मात्रै पाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाह हुन नसकेका र पत्नीको निधन भई एकल रहेका पुरुषले यस्तो भत्ता पाउनेछन् । भत्ता पाउन सरकारले केही शर्त समेत राखेको छ । अविवाहितले यस्तो लाभ पाउन २ लाख ८० हजारसम्म मात्रै वार्षिक आय हुनुपर्नेछ ।

विधुरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ मात्रै आम्दानी गर्ने हुनुपर्नेछ ।रोचक त के छ भने हरियाणामा मुख्यमन्त्री खट्टर र गृहमन्त्री अनिल विज दुवै अविवाहित हुन् । हरियाणामा अविवाहितको संख्या ६५ हजार र विधुरको संख्या ५ हजार ६८७ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अविवाहित भत्ता योजनामा हरेक महिना ३२ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।हरियाणामा महिलाको संख्या पुरुषको तुलनामा कम छ । त्यहाँ १ हजार पुरुषको तुलनामा महिला ८७७ मात्रै छन । देशभरको अनुपात हेर्दा १ हजार पुरुषमा ९४३ महिला छन् । पर्याप्त रोजगारीको अवसर नहुनु पनि विवाह नहुने कारणमा रहेको छ । बेरोजगार युवाहरू विवाहका लागि युवतीको रोजाइमा पर्दैनन् ।

 


Thali Mobile Pvt.Ltd.