भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

अविश्वासको प्रस्ताव पेश

अविश्वासको प्रस्ताव पेश

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज सञ्चालन भएको सातौँ तथा हिउँदे अधिवेशनमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङवोलाई नेपालको संविधानको धारा १८८ (४४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियम १२९ (४) बमोजिम सदनमा पेश गर्ने अनुमति दिनु भएको थियो ।

आज अपराह्न २ बजे बोलाइएको बैठक दिनको ३ः५५ बजे शुरु भई करीब ६ मिनेट सञ्चालन भएको थियो । प्रदेशसभाको अर्को बैठक यही फागुन २० गते १ बजेसम्मका लागि स्थगित गरिएको सभामुख भण्डारीले सदनसमक्ष जानकारी गराउनुभयो । बैठकमा सरकारका प्रतिनिधि एवं सत्तापक्षका सदस्यहरुको उपस्थिति रहेको थिएन । यसअघि आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले निलम्बित सांसद सदनमा उपस्थित भएसम्म बैठक सञ्चालन गर्न नहुने आफूहरुको अडान रहेको बताउनुभयो । उहाँले संसद्मा देखिएको गतिरोधलाई अन्त्य गरी बैठक सञ्चालनका लागि सभामुखलाई आज लिखित पत्र दिइएको पत्रकारलाई जानकारी दिनुभयो ।

नेकपा दाहाल–नेपाल समूहका प्रदेश इन्र्चाज एवं प्रदेशसभा सदस्य भीम आचार्यले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएको लामो समयसम्म संसद्मा पेश हुन नदिएर सरकारले आफ्ना आयु लम्ब्याएको बताउनुभयो । मुख्यमन्त्री राईविरुद्ध नेकपाका ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.