काठमाडौँ । असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने यातायात व्यवसायीहरुले घोषणा गरेका छन् । सरकारले सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्।
बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने घोषणा गरेका हुन्।
सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको छ । यद्यपी यातायात सञ्चालन गर्दा सुरक्षाका सम्पूर्ण उपाय अवलम्वन गर्ने यातायात व्यसायीले बताएका छन्। गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।
