भर्खरै : Sorry, your browser does not support inline SVG.
सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह | म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ |

आइजिपीद्वयको बिदाइ

आइजिपीद्वयको बिदाइ

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक आइजिपीको बिदाइ गरेको छ । सुरक्षा अङ्गमा ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेदेखि अनिवार्य अवकाश लिन लाग्नुभएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई आज बिदाइ गरिएको हो ।बिदाइ समारोहमा गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकको जीवनरक्षामा हरतरहले खटिने प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यस सङ्गठनको सफल नेतृत्व गर्नुभएकामा दुवै महानिरीक्षकलाई धन्यवाद तथा बधाई दिनुभयो ।

साधनस्रोत सीमित हुँदाहुँदै पनि सीमा सुरक्षा, अवाञ्छनीय गतिविधि नियन्त्रण अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापनलगायत नागरिकको जीवनरक्षामा खटिएको उल्लेख गर्दै गृहमन्त्री खाणले यसपाली नेपाल प्रहरीमा नयाँ दरबन्दी सिर्जना गरेर २० हजारभन्दा बढी प्रहरी कर्मचारीका लागि अवसर प्रदान गरिएको बताउनुभयो । त्यसका लागि महानिरीक्षक थापाको योगदान विशेष रहेको उहाँले सुनाउनुभयो ।मन्त्रालयले प्रहरीले १६ वर्षमा नै अवकाश लिनसक्ने र २० वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्न लागिएको जानकारी दिँदै उहाँले प्रहरीको ३० वर्षे सेवा अवधिका विषयमा समेत छलफल भइरहेको बताउनुभयो ।

समारोहमा गृहसचिव टेकनारायण पाण्डेले दुवै महानिरीक्षकबाट नेपाल सरकारलाई भविष्यमा विज्ञ सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै भावी सुखमय जीवनको शुभकामना दिनुभयो । कार्यक्रममा महानिरीक्षकद्वयले आफ्नो कार्यकालमा भए गरेका क्रियाकलाप र कार्यकालको अनुभूतिबारे जानकारी गराउनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.