भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भिरबाट लडेर मृत्यु

भिरबाट लडेर मृत्यु

बलेवा । बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आज भिरबाट लडेर मृत्यु भएको हो ।घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लड्नुभएको थियो । उहाँलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।थापाको टाउकामा गहिरो चोट लागेको थियो । उहाँको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ । थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खस्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.