देशभर च्याउखेतीकाे कुरा : सफल कृषक आकाश बाडे र उनकाे रिसर्च सेन्टर…

देशभर च्याउखेतीकाे कुरा : सफल कृषक आकाश बाडे र उनकाे रिसर्च सेन्टर…

मसरूम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि. जसले च्याउकाे उत्पादन मात्रै हाेइन, गुणस्तरीय च्याउकाे विउ पनि उत्पादन गरेर देशैभर ख्याती कमाएकाे छ । मध्यपुर थिमि-३, नयाँठिमी चारदाेबाटाे भक्तपुरमा च्याउकाे सफल व्यवसाय गरिरहेका रिसर्च सेन्टर प्रा.लि. का डाईरेक्टर आकाश बाडेसंग कैलाश खबर एचडिका लागि गरिएको कुरानीमा आधारित अंश  यहाँ प्रस्तुत गरेका छाैं : सम्पादक

musrum२०५४ सालबाट च्याउ खेती सुरु गरेका आकाश बादेले २०६३ साल देखि व्यवसायीकरुपमा खेती सुरु गरे । २०७१ सालबाट च्याउका विउ पनि उत्पादन गर्न थाले । कन्ये, गोब्रे, सिइताके, ग्यानोदर्मा (रातो च्याउ) को ब्यबसायी खेती गरेर उपभोक्ताको मन जित्न सफल बाडेले विशेषगरी रातो च्याउ खेतीमा मुख्य जाेड दिएका छन् ।

साथै विउ उत्पादन गरी नेपालभर विक्रि वितरण पनि गर्दै आएका छन् । नेपालकै ठूलो रातो च्याउको फार्म भनेर परिचित यहाँ नेपालमा नै पहिलो पल्ट काठको धुलो बात सिइताके च्याउको ब्यबसायिक खेती गर्न सफल भए । यार्सागुम्बा (Cordyceps Militaries) च्याउको ब्यबसायिक खेती पनि गरिरहेका छन् ।

दक्षिण एसियामै पहिलो पल्ट इसारिया सिकादा र इसारिया जापोनिकाको खेती गर्न सफल उनले आफै जंगलबाट यार्सागुम्बा प्रजातिको च्याउ (जुन विशेष किसिमको किरामा उमृन्छ) त्यसलाइ संकलन गरि आफ्नै व्याडमा विउ समेत उत्पादन गरेका छन् । यार्सा गुम्बाको प्रजातीले चिनिने च्याउ बादेको च्याउ खेतीमा पर्दछ । जंगलमा उब्जनी हुने च्याउ काठको धुलोमा उनले सफल उत्पादन पनि गरिसकेका छन् ।

इसरिया सिकादा र इसारिया जापोनिकाका साथै उनले रातो च्याउ उत्पादन बढी समय दिएका छन् । यस च्याउको अध्यन अनुसन्धानमा उनले नाष्टसंग सहकार्य गरिरहेकाे बताउँछन् । च्याउको विउ स्टोरका साथै उत्पादन गर्दै आएका छन् । यतिमात्र कहाँ हो र, लायन्समायन (हेरिसियम) को सफल परिक्षण उत्पादन पनि गरेका छन् ।

औषधीय गुण भएकाे यो च्याउ एन्टी ट्युमोर र एन्टी क्यान्सर भनेर पनि चिनिन्छ । यसले ट्युमोर र क्यान्सर सेल मार्ने काम गर्छ भनेर वैज्ञानिक अनुसन्धानले पनि बताईसकेको छ । यो च्याउले इम्युनिटी पावर बढाउने भएकाले यसको उपयोग अत्याधिक हुने गरेको छ । खेतको बीचमा च्याउ फार्मिङ्ग बनाएर खेती गरेका उनले  खेती सुरूवातीका दुई वर्ष भने निकै दुःख पाएकाे बताए । पहिले दु:ख पाए पनि अहिले भने मनग्य आमदानी गरेकाे  बताउँछन् । परिवारका लागि चाहिने सबै कुराकाे परिपुर्ति यहीबाट गरेकाे बताउँछन् ।

अनेक प्रकारका च्याउ उत्पादन र गुणस्तरीय विउ उत्पादन गरी वितरण गरेर देशैभर पहुँच बनाएका उनले काठकाे धुलाेमा च्याउकाे सफल उत्पादन गरेर देखाएका छन् । किसानलाई व्यवसायी बन्न थप च्याउको पनि विकास गरिसकेका छौैें भन्छन् उनी । उनकाे च्याउ फारममा आउने जोकोहीलाइ आनन्द मात्र होइन, खेती गर्न हौस्याउछन् पनि ।

रातो च्याउ कोरोना नियन्त्रनमा पनि उत्तम भएको सुन्नमा आएका छ भन्छन् बादे । ‘हालसालै रूसले पत्ता लगाएकाे काेराेना विरूद्वकाे खाेपमा पनि राताे च्याउ प्रयाेग भएकाे छ भन्ने सुन्नमा आएकाे छ, तर के कति साँचाे हाे पछि खुल्दै जाला’ भन्छन् उनी । राताे च्याउ क्यान्सरबाट जोगिन बढी उपयोगी हुने बताउछन् बाडे । याे च्याउ ब्लड  प्रेसरका विरामी, मधुमेहका विरामी, दुधचुसाउदै गरेका महिला, सुत्यकेरी, गर्भवती महिलालाई निकै उपयोगी हुने बताउछन् । शरीरमा भएको विषाक्त पदार्थ बाहिर फाल्न यस च्याउले मदत गर्ने भएकाले अहिले धेरैको रोजाई राताे च्याउ हुनेगरेकाे उनको भनाई छ ।

खेतीकाे सुरूवाती  ?
१२ आना जग्गामा १६×४० को टहरा बनाएर ९०० पोका कन्य च्याउबाट खेती सुरु गरेका बाडेले त्यो बेला १ लाख लगानी गरेकाे बताए । १५०० किलो उत्पादन हुने गरेको बताउँछन् । याे खेतीमा थोरै पुजी मनग्य आमदानी हुने व्यवसाय भएको सुनाउदै बाडेले कैलाश खबर एचडिसंग कुरा गर्दै अहिले १३ रोपनी खेतमा च्याउ खेती गरेको सुनाए । पुर्खेउले पेशा पनि तरकारी खेती भएको र आफुले अर्गानिक खेतीको रुपमा च्याउ खेती रोजेकाे बताए । सुरुका वर्षमा निकै दुःख पाएकाे र दुई वर्षको लगानी पनि डुबेकाे खुलाए ।

दुई वर्षको च्याउ खेती घाटामा गए पनि तेस्रो वर्षबाट सफल्ता हात पार्दै गएकाे दावी गरे । शीप पनि सिकियो भन्दै अहिले देशभर च्याउको विउ वितरण गर्न पाउदा खुसी भएकाे बताए । सुगर र कोलेस्ट्रोलका विरामीले त आफुलाई धन्यवाद नै दिएको सुनाए । ख्वप कलेजमा पढेका उनी अहिले किसान भनेर परिचित हुँदा औधि खुसी र गर्वको अनुभुति भएकाे बताए ।

कोरोना कहरले गरेन असर 
कोरोना महामारीले संसारलाई त्राहिमाम बनाईरहेका बेला उनलाई यस महामारीले व्यवसायमा कुनै असर नगरेको बताए । स्वास्थ्यका सवै मापदण्ड अपनाएर व्यवसाय अगाडि बढाएकाे उनकाे भनाइ छ । लकडाउनमा च्याउ खानेहरुको तथ्याङ्क अझ बढेर गएकाे बताए । याे पेशा जस्तो बेलामा पनि फस्टाउने पेशा भएकाे उनकाे भनाइ छ । अहिले विदेशबाट फर्किएकाहरु पनि कृषि पेशामा नै लाग्ने ठोकुवा गर्दै उनले विदेशबाट आएकाहरूकाे विषयमा राज्यले गंभिरढंगले साेच्नु पर्ने बताए ।

काेराेना कहरमा खाध्य संकट आउन नदिन राज्यले नै ध्यान दिन जरुरी हुन्छ भन्छन् उनी । सरकारको पहिलो प्राथमिक्ता कुषि नै हुनु पर्ने उनकाे तर्क छ । नेपाल कृषि प्रदान देश भए पनि मल नपाउदा दुःखी भएको बताए । देशको समृद्दि भनेकाे कृषि नै हो । यसको विकास भयो भने राज्य नै आत्मनिर्भर हुनेछ । नेपालमा कृषि मलकारखाना बनाउन सकिदैन भन्नुको पछाडि उनीहरुले ठूलो कमिशन पाउदा रहेछन् भन्छन् उनी ।

शासकहरु कमिशन खानकै लागि नेपालमा मलकारखाना बन्न नदिने दाउमा लागि परेकाे उनकाे भनाइ छ । यदि नेपाल कृषिमा आत्मनिर्भर बनाउने हो भने सरकारले नेपालमा नै मलकारखाना खोलेर किसानका समस्या समाधान गर्न तर्फ लाग्नु पर्ने बताए ।

के हो त च्याउ ?
बनस्पति जागतमा पर्ने च्याउ एक प्रकारको खाध्य तत्व हो । आफ्नो खाना आँफै बनाउन नसक्ने भएकाले च्याउलाई खान सक्ने बनाइ दिएर हावा पानी मिलाई सुरक्षित स्थानमा ब्यवस्थितसँग यसको खेती गरी उत्पादन गर्नु पर्दछ । पुरै सडेको पदार्थमा यसको उत्पादन नहुने हुदा यसलाई हरियो र काँचोपन हटेको तर त्यस बस्तुको तत्व नस्ट नभै सकेको पदार्थ चाहिन्छ । च्याउ तरकारीको रुपमा प्रयोग गरिने अती स्वादिलो साथै मानिसका लागि उपयुक्त खाना हो ।

च्याउको इतिहास
सबैभन्दा पहिले चीनमा च्याउको खेती गरिएको अध्यनमा देखिएको छ । प्राचिन कालमा बादशाहले प्रयोग गर्ने अनेक प्रकारका भोजन मध्य च्याउ मुख्य रहेको छ । उती खेर औषधीयुक्त च्याउ खाएर आफुलाई सधैं जबान राख्नका लागि बादशाहले यसको बढी प्रयोग गर्ने गरेको किम्वदन्ति छ । पछि विस्तारै बिकसित देशहरुले च्याउको उत्पादन उपयोग र त्यसको महत्वबारे जनता समक्ष्य ल्याइ उत्पादन र उपयोग गरेका हुन । छिमेकी राष्ट्र चिनलाई हेर्ने हो भने सशक्त च्याउ उत्पादन गर्ने र अरु देशलाई बिक्री गर्ने विश्वकै एक नम्वरमा पर्छ । नेपाल र भारतमा चाइनाकै च्याउका विउहरु आउने गरेको छ ।

chauकन्ये च्याउ
सानो पुँजिको उत्पादनले क्रान्ति ल्याउन सक्ने कन्ये च्याउे २० देखी २५ हजारको लगानिमा ३० × १४ फिटको छाप्रोमा एक पटक खेती गर्दा १५०० किलो च्याउ उत्पादन गर्न सकिन्छ । एउटा छाप्रोमा वर्शको दुइचोटि खेती गरे ३००० किलो च्याउ फलाउन सकिन्छ । तरकारी, अचार, सुकाएर जसरी पनि बिरामी, सुत्केरीलगायत सबै उमेर समुहले खाने तथा २० देखी ४० दिनमै उत्पादन लिन सकिने एक स्तरिय खेती कन्य च्याउ हो । गोब्रे च्याउ भन्दा स्वास्थ्यको हिसाबले कन्नी च्याउ खानको लागि धेरै उपयुक्त मानिन्छ ।

gobre chyauगोब्रे च्याउमा जस्तो यसमा डिएपि, युरिया र चिनीमल जस्ता रासायनिक मल प्रयोग गरिदैन । सिधैपोकाबाट टिपेर बेचिन्छ । झुन्ड्याउने प्रविधिको भएकाले कन्ये च्याउको छाप्रो निश्चित नापको चाहिन्छ । कती पोका झुन्ड्याउने, कती अट्छ सबै पहिले नै योजना बनाउन पर्छ । जग्गाको स्तिथी हेरेर छाप्रोको तयार गरिन्छ ।

cyauwकसरी गर्ने खेती
च्याउ खेतिको लागि राम्रो पराल चाहिन्छ । पाकेको पराल अली नरम र पोका पार्न सजिलो हुन्छ । कन्ये च्याउको लागि पानीले भिजेको कालो टिका लागेको, मकिएको र कुहिएको हुनु हुँदैन । पुरानो पराल हुन्छ तर नयाँ पराल राम्रो नसुकेको हरियो वा डाठमा चिसो भएको हुनु हुँदैन । परालबाहेक गहुँको छवाली मकैको खोस्ता, उखुको रस निचोरेको बाँकी डाठ र कान्समा पनि कन्ये च्याउमा खेती गर्न सकिन्छ । तर परालमा जती उत्पादन भने लिन सकिदैन ।

च्याउ किन उपयोगी छ ?
च्याउमा प्रोटिन, भिटामिन, थाइमिन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, मिनरल्स, एमिनो एसिड आदि तत्व पाईन्छ । यसमा भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो । च्याउ अति नै स्वास्थ्यबद्र्धक खाद्यवस्तुमा पर्दछ । बर्षाको समयमा नेपालका वन, पाखामा समेत च्याउहरू प्रशस्त पाउने गर्दछ । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरूमा खानयोग्य र बिषालु पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हो छुट्याउँन पर्छ ।

यसका प्रजाति
संसारमा तीन हजार ८०० किसिमका प्रजाती पत्ता लागेका छन् । तीमध्ये एक हजार प्रजाति विषालु छन् भने दुई हजार जाती खान योग्य भएको वैज्ञानिकले बताएका छन् । च्याउका बारेमा रहेका केही गलत धारणाहरू र तिनको खण्डन खान योग्य च्याउहरू चम्किला र उज्याला हुन्छन् । धेरै खानयोग्य च्याउहरू चम्किला, उज्याला हुने भएपनि केही बिषालु च्याउहरूमा पनि यो गुण हुने गर्छ ।

नेपालमा च्याउखेती
नेपालमा च्याउखेती वि.सं. २०३१ सालमा कृषि विभाग अन्तर्गतको वालीरोग विज्ञान महाशाखा खुमलटार, काठमाडौंबाट सुरु गरिएको थियो । त्यसबेला च्याउखेती बारे ४–५ जनालाई तालिम दिइएको थियो । यसरी ४–५ जनावाट सुरु गरिएको च्याउखेती हाल आएर नेपालभर किसानको अनिवार्य रोजाई बनिसकेको छ । च्याउखेती काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, धरान, विराटनगर, चितवन, दैलेख, सुर्खेत मात्रै होईन नेपालको सबै क्षेत्रमा खेती गरिएको छ । नेपालमा गोब्रे, कन्ये, पराले र सिताके गरी जम्मा ४ जातका च्याउहरू बढी प्रचलनमा आएको हो ।

च्याउखेतीमा किन बढ्यो महत्व ?
च्याउमा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्वहरूको मात्रा प्रचुर मात्रामा पाइने भएकोले च्याउखेती तथा त्यसको उपयोगले हाम्रो शरीरलाई चाहिने आवश्यक पोषण सर्वसुलभ रूपमा उपलव्ध हुने गर्दछ । औषधीय गुणका कारण पनि हाम्रो च्याउको उपयोगमा व्यापकता आएको हो । च्याउखेतीको लागि खासै जमिन र ठाउँको आवश्यकता पर्दैन ।

यसको लागि घरकै वार्दली, कोठा, आदिलाई पनि प्रयोग गर्न सकिने हुनाले किसानहरूले यसलाई अपनाई फाइदा उठाउने गरेका छन् । च्याउलाई साकाहारी र माम्साहारी दुबै थरिका मानिसले मन पराउने भएकाले यसको ब्याबसायिक खेती झन फस्टाएको र ठुलो आम्दानी हुने गरेको छ । प्रस्तुती : रक्तिम दैलेखी

 


Thali Mobile Pvt.Ltd.