भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

आज ज्यापू दिवसः नेवार समुदायले यःमरी मनाउँदै

आज ज्यापू दिवसः नेवार समुदायले यःमरी मनाउँदै

काठमाडौं । आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछन् । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आजको पूर्णिमालाई धान्य पूर्णिमा भनिन्छ ।

नेपालभाषी समुदायमा यस दिन यःमरी पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ ।नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ । यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको यःमरी खाने भएकोले योमरी पुन्हीले बढी चर्चित छ।

देशभरका नेपालभाषीहरु यःमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा यःमरी खान्छन्। पुन्ही एकदिन हुन्छ तर यःमरी पुन्ही एकदिनमात्र मनाइँदैन। यःमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँ, भाञ्जाभाञ्जीलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन्।

नेपालभाषी समुदायमा अत्यन्त महत्वपूर्ण मानिन्छ र ठूलो पुन्हीको रुपमा लिइन्छ । आजै नेवार समूदायले ज्यापू दिवस पनि मनाउँदैछन् ।

 


Thali Mobile Pvt.Ltd.