भर्खरै : Sorry, your browser does not support inline SVG.

आज १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं। आज १०औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आत्म र समाजका लागि योग’ भन्ने मूल नारासहित आज योग दिवस मनाइएको हो।

दिवसको अवसरमा अष्टगा योग नेपालले नक्साल नारायणचैरमा सामुहिक योग कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा बिहानैदेखि ठूलो संख्यामा योग प्रेमीहरूले उपस्थिति जनाएका छन्।

विभिन्न उमेर समूहका सहभागीहरूले योगको विभिन्न आसन र प्राणायामको अभ्यास गरिरहेको देख्न सकिन्छ। यस अवसरमा स्वास्थ्य र मानसिक शान्तिका लागि योगको महत्त्वबारे प्रमुख वक्ताहरूले मन्तव्य व्यक्त गरेका छन्।

सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभाको निर्णय अनुसार २१ जुन २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

योगले मानिसहरूको स्वास्थ्यमा सहयोग पुर्‍याउँछ, जसले शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम गर्न मद्दत गर्दछ। नियमित योग अभ्यासले तनाव कम गर्न, प्रतिरक्षा प्रणाली मजबुत बनाउन र दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ।

 

 


Thali Mobile Pvt.Ltd.