भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

आठ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

आठ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

देउखुरी । कोरोनाविरुद्धको तेस्रो चरणको भेरोसिलको पहिलो मात्राको खोप करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको छ । दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाउने काम सकिएको छ । जिल्लाभर सात हजार ९८४ जनालाई खोप लगाइएको छ । जिल्लाका दश पालिकाका करीब साढे आठ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिइएकामा सात हजार ९८४ खोप लगाइएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए।

स्थानीय तहले तोकेको खोप केन्द्रमा नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात र वडा कार्यालयको सिफारिसका आधारमा खोप लगाइएको चन्दले जानकारी दिए । स्थानीय तहका स्वास्थ्य शाखाका अनुसार घोराही उपमहानगरपालिकामा दुई हजार ८०१ लाई खोप लगाइएको छ । तुलसीपुरमा दुई हजार २२९, लमही नगरपालिकामा ७१९, राजपुरमा १४१, गढवामा २२०, बङ्गलाचुलीमा २१०, बबईमा ३८०, दङ्गीशरणमा ३२० र शान्तिनगरमा ४०० जनालाई खोप लगाइएको छ । राप्ती गाउँपालिकामा ६६४ जनालाई खोप लगाइएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.