भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

आत्मघाती बम विष्फोटमा परि पाकिस्तानमा ३५ जनाको मृत्यु, दुई सय बढी घाइते

आत्मघाती बम विष्फोटमा परि पाकिस्तानमा ३५ जनाको मृत्यु, दुई सय बढी घाइते

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । भने २०० भन्दा बढी घाइते भएका छन् ।

इस्लामिक राजनीतिक दल जमियत उलेमा–ए–इस्लाम–फजल (जेयूआई–एफ) को सम्मेलनमा यो विस्फोट भएको हो ।

बम विष्फोटका धेरै भिडियोहरु सामाजिक सञ्जालमा बाहिरिएका छन् । भिडियोमा जमियत उलेमा–ए–इस्लाम–फजलका नेताले कार्यक्रमलाई सम्बोधन गरिरहेको र मानिसहरु जिन्दाबादको नारा लगाएको देख्न सकिन्छ ।

आत्मघाती हमलाकारीद्वारा गराइएको विष्फोट बाजौर आदिवासी जिल्लाको खारमा अपराह्न ४ बजे भएको थियो ।

पाकिस्तानी मिडियाका अनुसार विस्फोटको समयमा सम्मेलन स्थलमा ५०० भन्दा बढी मानिस उपस्थित थिए। प्रहरी डीआईजी नासिर महमूद सत्तीले प्रारम्भिक अनुसन्धानबाट यो आत्मघाती विस्फोट भएको बताए ।

विष्फोटको प्रकृति पत्ता लगाउन प्रमाण संकलन भइरहेको छ । अहिलेसम्म कुनै पनि आतंकवादी समूहले यस हमलाको जिम्मेवारी लिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.