भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध

आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध

पाँचथर, । आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन सडकमा पहिरो झरेको छ भने एक स्थानमा सडकको पूरा भाग नै बगेको छ । फिदिम–फालोट सडकअन्तर्गत फालेलुङ–८ आकाशे आसपासमा मात्रै तीन ठाउँमा पहिरो झरेको छ ।

यस स्थानमा १५ दिनयता सडक अवरुद्ध बनेको छ । “बाटो सफा गयो, एकैछिनमा पहिरो खसेर पुर्छ”, वडा नं ७ का अध्यक्ष शेरबहादुर केरुङले भन्नुभयो, “पानी निरन्तर परिरहेकाले पहिरो झरिरहेको छ ।” केरुङका अनुसार वर्षा कम भएको अवस्थामा समेत सडक सञ्चालन गर्न अझै केही दिन लाग्छ ।

वडा नं ७ र ८ को बीचमा धेरै स्थानमा पहिरो झरेको छ । त्यसमध्ये लिखुरे र लोक्से भन्ने स्थानमा झरेको पहिरो पन्छाउन सके विहीदिनसम्म सवारी सञ्चालन हुन्छ । पहिरो झरेको लिखुरे र लोक्सेका बीचमा पाँच गाडी फसेर एक सातादेखि रोकिएका वडाध्यक्ष केरुङले जानकारी दिए। प्रशस्तै पानी भएको यस क्षेत्रमा सामान्य वर्षा हुनेबित्तिकै सडकमा भेल बग्ने गर्छ ।

यो सडक निर्माणाधीन अवस्थामा रहेकाले भित्तापट्टि कटान गरिएका अधिकांश स्थानमा पहिरो झरेको स्थानीयवासीको भनाइ छ । सडक अवरुद्ध भएको र निरन्तरको वर्षा भइरहेकाले गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था आउन लागेको वडाध्यक्ष केरुङको भनाइ छ । “पहिरो झरिरहेकाले पन्छाएर सडक सञ्चालन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “सामग्री खरिद गर्न र बिरामीलाई अस्पताल लैजान समस्या भएको छ ।”

 


Thali Mobile Pvt.Ltd.