भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

आफ्नो जन्मथलो

आफ्नो जन्मथलो

कुमार लघु। पत्र साहित्य । 
भाईबहिनीहरू नमस्कार ,
आज मैले आफू जन्मेको जन्मथलो प्रिय लागेको विचार व्यक्त गरे । जो जहाँ जन्मेको हो त्यो त्यहाँको जन्मलिएको वासिन्दा हुन्छ । जस्तो म भक्तपुरमा जन्मे भने म भक्तपुरको वासिन्दा हुन्छु । मलाई अरू ठाउँभन्दा भक्तपुर प्यारो लागेको हुन्छ । मेरो बाबा आमा र सपरिवार नै भक्तपुर रहेको हुनाले मेरो परिवार सवैलाई नै थप भक्तपुर प्यारो लाग्छ । मलाई कसैले तिमी कहाँ को भनेर सोधेमा, म भक्तपुरको हुँ भनी गौरवकासाथ भन्छु । मेरो भक्तपुरमा बाहुमत जनताहरू किसानहरू छन्। मेरो भक्तपुर क्रान्तिकारीहरूको थलो पनि हो ।

भक्तपुर एउँटा ज्ञान विज्ञानको थलो पनि हो । किनकी यो भक्तपुरका जनतालाई शिक्षित बनाउन र ज्ञान विज्ञानले सुसज्जित बनाउन भक्तपुर नगरपालिकाले ६ वटा कलेजहरू खोलेको छ । कस‌ैलाई साँचिकै हो, होईन भन्ने जस्ता लाग्छ भने आउनुहोस, मेरो जन्मथलो भक्तपुर भ्रमण गर्नलाई । भक्तपुर ज्ञान विज्ञानले मात्र होइन, कला सँस्कृति र सँस्कारले पनि अगाडि रहेको छ। अरू शहरहरू भन्दा सफा र सुग्घर छ । नगरभित्र साँस्कृतिक क्षेत्रमा वा अमूल्य सम्पदा स्थलतिर चारपाङग्रेहरु निषेधित छन् । हाम्रो नगर सम्पदाले सम्पन्न छ ।

हाम्रो नगरमा कला र सस्कृति हाम्रो पूर्खाले सिर्जेको सम्पत्तिको जगेर्ना गर्नु नै नगर र नगरवासीहरूको ठुलो कर्तव्य हो । हाम्रो नगरमा टोलटोलमा देवीदेवताहरू छन् । विश्व सम्पदामा सूचिकृत्त सम्पदाहरू दरवबर स्क्वाएर ,टौमढी चोक र दत्तात्रय चोकहरु पनि छन् । क्रमश दरवबार स्क्वाएरमा सुनको ढोका र पञ्पन्न झ्याले ,लालदरवार, लामो दुई पाटी, च्यासि मण्डप, पशुपति, महादेव मन्दिर, ठूला घण्टा ,फसि देग, आर्ट ग्यालरी, भूपतिन्द्र मल्लको शालिक, केदारनाथको लाम्चो मन्दिर आदी ,टौमढी चोकमा पाँचतले मन्दिर ,भैरवनाथको मन्दिर लगायतका डबलीहरु छन्।

दत्तात्रयमा दत्तात्रयको मन्दिर, भिमसेनको मन्दिर, मठ मन्दिहरू र फराकिलो चोक छ। भिमसेनको मन्दिर नजिक पश्चिमपट्टि ढुङ्गेधारा पनि छ । पूर्वजहरूले यो नगरमा कला र सँस्कृतिमा कान्छो शहर भक्तपुर भनेको पाईन्छ । भक्तपुरमा हेरक दिन बिहान र बेलुका भजन पाटीमा चलेको पाइन्थ्यो, आजकल अलि आधुनिक कालले भजन गर्नेहरूलाई प्रभावित पारेको छ । भक्तपुरमा जात्राहरू समय सुहाउँदो लाग्ने गर्छन् । जस्तै विस्काजात्रा, गाईजात्रा, दशैको रमणीय जात्रा आदि ।

भक्तपुरवासीहरुले यहाँको कला सँस्कृतिको साथै पुर्खाले दिएको नासो पाटीपौवा, मठ, मन्दिर इनार, कुवा, ढुङ्गेधारा, पोखरी, नदी, नादीनालाहरुको संरक्षणमा लागेको पाईन्छ । समय समयमा भएको जीवन कला र सम्पदालाई हालसम्म जगेर्ना गरेकै छन। यसभन्दा बढी जानकारी लिनलाई नजिका भाईबहिनीहरू यसो फुर्सद मिलाई एकदिन नगर परिक्रमा गर्दा फार्इदाजनक नै हुन्छ । हवस्त भाईबहिनीहरू, आजलाई म यहि विट्मार्दै विदा हुन्छु ।
धन्यवाद
कुमार लघु २०७८ ।०३। ११ गते

 


Thali Mobile Pvt.Ltd.