भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इंग्ल्याण्ड आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा

इंग्ल्याण्ड आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाण्डौ । इंग्ल्याण्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा समेत प्रवेश गरेको हो । चार खेल खेलको इंग्ल्याण्ड एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो । सारजहामा गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो । श्रीलंकाका वाविन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए ।

इंग्ल्याण्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २र२ विकेट लिए । त्यस्तै लियाम लिभिङस्टोन र क्रिस वोक्सले १ र १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । इंग्ल्याण्डका जोस बट्लरले अविजित १ सय १ रनको शतकीय पारी खेले । बट्लर अहिले चलिरहेको विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । श्रीलंकाका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए । समूह एकमा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले ४ खेलमा ८ अंक जोडेको छ । चौथो स्थानमा रहेको श्रीलंकाको ४ खेलमा २ अंक छ ।

 


Thali Mobile Pvt.Ltd.