भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

इजरायल आक्रमणः शोक र्‍यालीमा सुदूरपश्चिमका विद्यार्थी

इजरायल आक्रमणः शोक र्‍यालीमा सुदूरपश्चिमका विद्यार्थी

टीकापुर । प्यालेस्टाइन समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी नेपाली विद्यार्थी घाइते र मृत्यु भएपछि कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय शोकमा डुबेको छ । शनिबार विद्रोहीको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’कार्यक्रमका लागि इजरायल गएका स्कुल अफ एग्रिकल्चरका विद्यार्थी त्यहाँ रहेको कृषि फर्ममा कार्यरत रहँदा घाइते र अन्य विद्यार्थी हताहत भएको खबरले स्कुलले शोक ¥याली निकालेको हो ।

स्कुल अफ एग्रिकल्चर कृषि विज्ञान संकायका विद्यार्थीको निधन भएपछि आज बिहान टीकापुरमा विद्यार्थीले मौन र्‍याली निकालेका हुन् । प्ले कार्ड बोकेर १ हजारबढी विद्यार्थी मौन र्‍यालीमा सहभागी भए । उनीहरुले तत्काल इजरायलमा रहेका विद्यार्थी र नेपालीलाई उद्धार गर्न सरकारसँग माग गरेका छन्। ‘एक सरकार दुख्छ कि नाई ?’जस्ता प्लेकार्ड बोकेर सरकारविरुद्धसमेत आक्रोश व्यक्त गरेका छन् ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायणप्रसाद न्यौपाने, बाउनिया ३ कैलालीका आशिष चौधरी, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, लेकाम ५ दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, सपही ६ धनुषाका आनन्द शाह, मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली डोटीका राजन फुलारा, लामिखाल ८ डोटीका पदम थापा र सारदा ३ सल्यानका प्रवेश भण्डारी रहेको इजरायली राजदूत कान्ता रिजालले बताइन् ।

११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल पुगेकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सकुसल छन् । आक्रमणबाट चार जना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ । कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल अस्पतालमा छन् । कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेको रिजालको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.