भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उत्तर कोरियामा अमेरिकी सैनिक पक्राउ पर्ने वित्तीकै दुईवटा संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियामा अमेरिकी सैनिक पक्राउ पर्ने वित्तीकै दुईवटा संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी ।अवैध तरिकाले दक्षिण कोरिया छिरेका अमेरिकी सैनिक पक्राउ परेका छन् । दक्षिण कारियाबाट अवैध रुपमा उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ परेको उत्तर कोरियाले जनाएको हो । अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनैपनि हालतमा उत्तर कोरियाको भ्रमण नगर्न सुझाव दिईरहेको अवस्थामा ति सैनिक आफ्नै मर्जीले उत्तर कोरिया छिरेको बताइएको छ ।

दुई देशबिचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई उत्तर कोरियाका सुरक्षाकर्मीले हिरासतमा लिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सैनिकमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे उत्तर कोरियाले प्रतक्रिया दिएको छैन ।

अमेरिकी सेनाले सैनिक जानाजानी र बिना अनुमति उत्तर कोरिया प्रवेश गरेको जनाएको छ । सैनिकलाई हिरासतमा लिएको केही घण्टापछि उत्तर कोरियाले नजिकैको समुद्रमा दुईवटा संदिग्ध ब्यालेस्टिक मिसाइल समेत प्रहार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.