उत्तर कोरियामा अमेरिकी सैनिक पक्राउ पर्ने वित्तीकै दुईवटा संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियामा अमेरिकी सैनिक पक्राउ पर्ने वित्तीकै दुईवटा संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी ।अवैध तरिकाले दक्षिण कोरिया छिरेका अमेरिकी सैनिक पक्राउ परेका छन् । दक्षिण कारियाबाट अवैध रुपमा उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ परेको उत्तर कोरियाले जनाएको हो । अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनैपनि हालतमा उत्तर कोरियाको भ्रमण नगर्न सुझाव दिईरहेको अवस्थामा ति सैनिक आफ्नै मर्जीले उत्तर कोरिया छिरेको बताइएको छ ।

दुई देशबिचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई उत्तर कोरियाका सुरक्षाकर्मीले हिरासतमा लिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सैनिकमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे उत्तर कोरियाले प्रतक्रिया दिएको छैन ।

अमेरिकी सेनाले सैनिक जानाजानी र बिना अनुमति उत्तर कोरिया प्रवेश गरेको जनाएको छ । सैनिकलाई हिरासतमा लिएको केही घण्टापछि उत्तर कोरियाले नजिकैको समुद्रमा दुईवटा संदिग्ध ब्यालेस्टिक मिसाइल समेत प्रहार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.