भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

उदयपुर । लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् ।यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली सुन्तला जोन क्षेत्रका संयोजक तथा व्यावसायिक सुन्तला उत्पादक कृषक टोपबहादुर ठकुरीले जानकारी दिनुभयो । विसं २०५० देखि नै ताप्लीमा सुन्तला खेती थालिए पनि २०६० सालदेखि व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्न थालिएको ओख्लेका ज्ञानबहादुर ठकुरी बताउनुहुन्छ ।“अहिले ताप्ली जिल्लाकै उत्कृष्ट सुन्तला जोन क्षेत्र बन्न सफल भएको छ”, उहाँले भन्नुभयो ।

जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार जिल्लामा अहिले झण्डै दुई सय ५८ हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । ताप्ली क्षेत्रमा मात्रै एक सय ८० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको ज्ञानकेन्द्रका प्रमुख महेश चौधरी बताउनुहुन्छ । “सुन्तलाकै कारण यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार आएको छ”, उहाँले भन्नुभयो ।ताप्लीकी उपाध्यक्ष धना मगर केही वर्षयता यस क्षेत्रमा वार्षिक झण्डै दुई हजार चार सय मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने गरेको तथ्याङ्क रहेको बताउनुहुन्छ । “अन्य अन्नबाली उत्पादन पर्याप्त हँुदैन, सुन्तलाका लागि नै यो क्षेत्र उपयुक्त छ । गाउँपालिकाले जनताको आर्थिकस्तर उकास्न सुन्तला जोन क्षेत्र घोषणा गरी घरघरमा सय बोट सुन्तला हुर्काउने अभियान सञ्चालन गरेको छ”, उहाँले भन्नुभयो ।ताप्ली पिपल भञ्ज्याङका बीर्खबहादुर राई यस क्षेत्रमा व्यावसायिक सुन्तला उत्पादन गर्ने कृषकको आर्थिक अवस्थामा सुधार हुँदै गएको बताउनुहुन्छ । कृषि ज्ञानकेन्द्रका उदयपुरका अनुसार रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा समेत सुन्तला खेती विस्तार गरिँदैछ । रौताको नामेटार, आपटार, बोलुङखा र सल्ले, पाँबु उदयपुरगढी गाउँपालिकाको डुम्रे र उदयपुरगढी तथा लिम्चुङबुङको बाँसबोटे, बलाम्ता, बराह, ताम्लिछा, लाफासहितका क्षेत्रमा व्यापक सुन्तला खेती विस्तार गर्दै लगिएको छ । यहाँ सुन्तला प्रतिकिलो रु ८० देखि रु एक सयसम्ममा बिक्री हुने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.