उपत्यकाका ९०२ सहित देशैभर काेराेना संक्रमितको संख्या ७७ हजार ८१७ पुग्यो

उपत्यकाका ९०२ सहित देशैभर काेराेना संक्रमितको संख्या ७७ हजार ८१७ पुग्यो

काठमाडौँ । उपत्यकामा आज जिल्लामा ६९७ संक्रमित थपिएका छन् । काठमाडौँमा २७४ महिला र ४२३ पुरुषसहित ६९७ संक्रमित थपिएका छन् ।

भक्तपुरमा ५३ महिला र ४० पुरुषसहित ९३ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४६ महिला र ६६ पुरुषसहित ११२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । आजै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ । मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टिनमा छन् ।

 


Thali Mobile Pvt.Ltd.