काठमाडौं । उपत्यकामा १६६ संक्रमित थपिएका छन् । काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ संक्रमित थपिएका छन् । हालसम्म उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६२ पुगेको छ। काठमाडौंमा २ हजार ५७९, ललितपुरको ४११ र भक्तपुरमा २७२ संक्रमित पुगेका छन् । आइतबार देशभर ८१८ नयाँ संक्रमित थपिएका छन्। हालसम्म नेपालमा संक्रमितको संख्या ३१ हजार ९३२ पुगेको छ ।
मृतकको संख्या १४९ पुग्यो
थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ४९ पुगेको छ । ३ वटा जिल्लामा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका २२ वर्षीया महिला गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । लुम्बिनी प्रदेशिक अस्पतालमा मृत्यु भएका २ जना संक्रमितको संख्या भने समावेश छैन । यसअघि शनिबार नेपालमा एकै दिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
निको हुनेको संख्या १८,६३१
थप २ सय ८१ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा १८ हजार ६ सय ३१ संक्रमित उपचारपछि निको भएका छन् ।
भिडियो…
https://www.facebook.com/Kailashkhabarnews/videos/2555670474536440/
कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १– १२८०
प्रदेश २– ४१९४
बागमती प्रदेश– ७६७
गण्डकी प्रदेश– १६१०
प्रदेश ५– ४४२३
कर्णाली प्रदेश– १९७७
सुदूरपश्चिम प्रदेश– ४३८०
कुन जिल्लामा कति संक्रमित ?
नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। ४१ जिल्लाका २ सय २० महिला र ५ सय ९८ जना पुरुषा गरी ८ सय १८ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रदेश १ को ३ वटा जिल्लाका ५९ जनामा कोरोना पुष्टि भएको छ। झापाका १०, मोरङका ५० र सुनसरीका ९ जनामा पुष्टि भएको हो।
प्रदेश २ को ८ वटा जिल्लामा ३ सय ९० जनामा कोरोना भेटिएको छ । धनुषामा ६०, पर्सामा १ सय ३९, बारामा ३९, महोत्तरीमा ३४, रौतहटमा ९, सप्तरीमा ४, सर्लाहीमा ९१ र सिराहामा १४ जनामा कोरोना भेटिएको हो ।
बागमतीमा प्रदेशमा २ सय ५ जना संक्रमित भेटिएका छन् । १० वटा जिल्लामा गरी २ सय ५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १ सय २६, काभ्रेमा २७, दोलखामा ६, धादिङमा १, भक्तपुरमा २८, मकवानपुरमा १, रसुवामा १, रामेछापमा २, ललितपुरमा १२ र सिन्धुलीमा १ जना संक्रमित भेटिएका छन्।
यस्तै, गण्डकी प्रदेशमा ३ वटा जिल्लामा १३ जना संक्रमित फेला परेका छन्। कास्कीमा ५, नवलपरासी पूर्वमा मा २ जना संक्रमित फेला परेका हुन्। प्रदेश ५ को १० वटा जिल्लाका १ सय १ जनामा कोरोना पुष्टि भएको छ। अर्घाखाँचीका १२, कपिलवस्तुका ११, नवलपरासीका ३०, पाल्पा र प्युठानका २र२, बर्दियाका २, बाँकेका ११, रुकुम पूर्वका १, रुपन्देहीका २८ र रोल्पाका १ जनामा कोरोना पुष्टि भएको हो।
कर्णाली प्रदेशको २ वटा जिल्लामा ८ जनामा कोरोना पाइएको छ। जुम्लाका २ र रुकुम पश्चिमका ६ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमको पाँच वटा जिल्लामा कोरोना भेटिएको छ। अछाममा २३, डडेल्धुरामा २, दार्चुलामा १, बझाङमा ३ र बैतडीमा ४ जनामा गरी ३३ जनामा कोरोना भेटिएको हो। कुल संक्रमितमध्ये १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्। जसमध्ये ९ हजार २ सय १२ जना संस्थागत होम आइसोलेसनमा छन्।
