भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

ट्रम्प ‘झुटो र सिद्दान्त हिन मान्छे’ भएको उनकै दिदीको आरोप

ट्रम्प ‘झुटो र सिद्दान्त हिन मान्छे’ भएको उनकै दिदीको आरोप

अमेरीका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नै दिदीले झुटो र सिद्दान्त नभएको मान्छे भएको आरोप लागएकी छन् । आफ्नो दोस्रो कार्यकालका लागि निर्वाचनमा होमिएका ट्रम्पलाई उनकी दिदी मेरियाने ट्रम्प बेरीले झुटो र सिद्दान्त नभएको मान्छे भएको भन्दै आरोप लगाएकी हुन ।

ट्रम्पको बारेमा बोलेको भिडियो सार्वजनिक भउपछि अहिले अमेरिकामा चर्चाको विषय बनेको छ । यो भिडियो उनकै नातेदारले रेकर्ड गरेको र यो भिडियो वाशिंटन पोष्टले सार्बजनिक गरेपछि चर्चाको विषय बनेको छ ।

ट्रम्पकी दिदी मेरियाने ट्रम्प बेरीले ट्रम्पलाई झुटो र कुनै सिद्दान्त नभएको भनेर आलोचना मात्रै गरेकी छैनन् । उनले भिडियोमा भनेकी छन्, ट्रम्पका काम नलाग्ने ट्वीट र झुठबाट भगवानले बचाओस्, यो धोका र क्रुरता हो समेत भनेकी छन् । भिडियोमा ट्रम्पको आलोचना गरेपनि मेरीले आफ्नो भाई ट्रम्पको समर्थन गर्दै आएकी छन् । पूर्व फेडरल जज समेत रहेकी मेरीले आफ्ना भाईको आलोचना गर्दै ट्रम्पको शरणार्थी नीतिको आलोचना गरिन ।

दिदीको यास्तो भिडियो सार्बजनिक भएपछि ट्रम्पले ह्वाइटहाउस माफर्त विज्ञप्ति निकाल्दै हरेक दिन केहि अलग हुन्छ र यसको कसैले मतलब गर्दैन भन्ने प्रतिक्रिया दिएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.