भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

उपराष्ट्रपतिकाे अभिव्यक्ति, ‘हुँदै नभएको अधिकार प्रयोग गरी संसद् विघटन भयो’

उपराष्ट्रपतिकाे अभिव्यक्ति, ‘हुँदै नभएको अधिकार प्रयोग गरी संसद् विघटन भयो’

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ्गले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध सार्वजनिक मञ्चमा उपराष्ट्रपतिले दिएको अभिव्यक्तिलाई संविधान र कानुनका जानकारले ‘विवादास्पद’ भनेर टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघको काठमाडौंमा २६औं महाधिवेशन उद्घाटनगर्दै उपराष्ट्रपति पुनले यस्तो अभिव्यक्ति दिएका हुन ।

प्रम ओलीले मुलुकलाई दुर्घटनातिर धकेल्न खोजेको दाबी गर्दै ‘देश राजनीतिक संकटको भुमरीमा परेको बताए ।पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, संविधानविद्, नागरिक, पत्रकार र सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेकाबेला यो राम्रो संकेत नभएको बताए ।

हरेक राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै पुनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न, साना लगानीका सञ्चारमाध्यमको उठानका लागि सरकारको ध्यानाकर्षण हुनपर्ने बताए । पत्रकार महासंघको विधानत महाधिवेशन सकिएको एक महिनाभित्र नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.