भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उम्मेदवारी दिए स्‍वत पदमुक्त हुने गरी सांसदको पदावधि मंसिर २१ सम्म रहने

उम्मेदवारी दिए स्‍वत पदमुक्त हुने गरी सांसदको पदावधि मंसिर २१ सम्म रहने

काठमाडौं । निर्वाचनको मिति घोषणा भएसँगै सांसदहरूको पदावधि मंसिर २१ गते सकिने भएको छ । सांसदहरूको पदावधि मंसिर २१ गते सकिने गरि निर्वाचन मिति घोषणा भएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

बिहीबार आयोगमा पत्रकार सम्मेलन गर्दै आयुक्त थपलियाले अहिलेका सांसदको पदावधि मंसिर २१ गते सकिने बताएका हुन् । निर्वाचित भएको मितिबाट पदावधि प्रारम्भ हुने र त्यसअनुसार नै सांसदहरू मंसिर २१ गतेसम्म रहन उनको भनाइ छ ।

आयोगले फेरि उम्मेदवारी दिनेका हकमा सबैलाई समान अवसर र समान खेल मैदान प्रदान गर्ने बताएको छ । उम्मेदावरी दिनुभन्दा अगाडि नै वा दिएपछि स्वत सकिएको हुने छ । यस्तै, आयोगले निर्वाचन तालिका केही दिनमै सार्वजनिक गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.