उम्मेदवारी दिए स्‍वत पदमुक्त हुने गरी सांसदको पदावधि मंसिर २१ सम्म रहने

उम्मेदवारी दिए स्‍वत पदमुक्त हुने गरी सांसदको पदावधि मंसिर २१ सम्म रहने

काठमाडौं । निर्वाचनको मिति घोषणा भएसँगै सांसदहरूको पदावधि मंसिर २१ गते सकिने भएको छ । सांसदहरूको पदावधि मंसिर २१ गते सकिने गरि निर्वाचन मिति घोषणा भएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

बिहीबार आयोगमा पत्रकार सम्मेलन गर्दै आयुक्त थपलियाले अहिलेका सांसदको पदावधि मंसिर २१ गते सकिने बताएका हुन् । निर्वाचित भएको मितिबाट पदावधि प्रारम्भ हुने र त्यसअनुसार नै सांसदहरू मंसिर २१ गतेसम्म रहन उनको भनाइ छ ।

आयोगले फेरि उम्मेदवारी दिनेका हकमा सबैलाई समान अवसर र समान खेल मैदान प्रदान गर्ने बताएको छ । उम्मेदावरी दिनुभन्दा अगाडि नै वा दिएपछि स्वत सकिएको हुने छ । यस्तै, आयोगले निर्वाचन तालिका केही दिनमै सार्वजनिक गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.