भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

ऊर्जामन्त्री दीपक खड्काले आफ्नो मानमर्दन गरी हतोत्साही बनाएको घिसिङको आरोप

ऊर्जामन्त्री दीपक खड्काले आफ्नो मानमर्दन गरी हतोत्साही बनाएको घिसिङको आरोप

काठमाण्डौ । स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको कुलमान घिसिङले स्पष्टीकरण दिएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने र स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई नभएको बताएका हुन ।

मन्त्रालयबाट आवश्यक सहयोग, समर्थन, प्रोत्साहन र हौसला प्रदान गर्नुपर्नेमा अति गौण र साना विषय उठान गरी पटक पटक स्पष्टीकरण मागेर असजिलो पारेको घिसिङले स्पष्टीकरण पत्रमा उल्लेख गरेका छन् । मन्त्रालयले पदबाट किन नहटाउने भन्दै गएको मङ्गलवार सोधेको २४ घण्टे स्पष्टीकरणमा जवाफ दिँदै घिसिङले विद्युत् प्राधिकरण ऐनअनुसार मन्त्रिपरिषद्बाट चार वर्षका लागि नियुक्त भएकाले आफूलाई कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको तर्क गरेका हुन ।

ऊर्जामन्त्री दीपक खड्काले आफ्नो मानमर्दन गरी हतोत्साही बनाएको उनको आरोप छ । कार्यकारी निर्देशक घिसिङले प्रतिकूलता, असहयोग र अवरोधका बाबजुद आफूले नेपाल सरकारले दिएको जिम्मेवारी कानून अनुसार पूरा गरिरहेको दाबी गर्नुभएको छ ।

आफूमाथि लगाइएका आरोप मनोगत भएको उनको दाबी छ । उनले आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन भन्दै प्रश्नसमेत गर्नुभएको छ । स्पष्टीकरण पत्रमा यस्तो कार्यले राज्यले प्रदान गरेको पदीय दायित्व, जिम्मेवारी तथा स्रोत साधन र समयको अवमूल्यन भइरहेको जिकिर छ ।

 

 


Thali Mobile Pvt.Ltd.