भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘ए’ डिभिजन लिगः आज दुई खेलमा भिडन्त हुँदै

‘ए’ डिभिजन लिगः आज दुई खेलमा भिडन्त हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच भिडन्त हुदैछ ।

सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । सातदोबाटो तेस्रो जितको खोजीमा छ भने आर्मी हराएर शीर्ष स्थानमा उक्लने योजनामा छ ।

सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ भने आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दोस्रो खेलमा संकटा क्लबले साविक विजेता मछिन्द्र क्लबसँग दिउँसो पौने ५ बजे प्रतिस्पर्धा गर्दैछ ।

दुवै टिम तीन अंक जोड्ने योजनामा छन् । ४ खेलबाट संकटा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने मछिन्द्र १० अंक जोडेर शीर्ष स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.