भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ एभरेष्ट बैंकको खाताबाट चोरी

एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ एभरेष्ट बैंकको खाताबाट चोरी

काठमाडौं । एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको रकम चोरी भएको छ ।
पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको जनाएको हो । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैंकका सात जना कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत उक्त रकम निकािलएको देखिएको छ । बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरर रकम पठाउने गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.