भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

परिवर्तनमार्फत नै जनतालाई सेवा, सुशासन र विकास दिन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

परिवर्तनमार्फत नै जनतालाई सेवा, सुशासन र विकास दिन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । आगामी भारत भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्ने प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास व्यक्त गरेका छन् । परिवर्तनमार्फत नै जनतालाई सेवा, सुशासन र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको राजधानीमा शनिबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बताएका छन् ।

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीहरूलाई कुनै हालतमा नछोड्ने र मुद्दा दर्ता भएपछि पनि थप अनुसन्धानको प्रकिया जारी राख्ने जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरण अब आमनेपाली र अन्तर्राष्ट्रिय रुपमा पनि चासोमा परिसकेकाले यसबाट कोही पछि हट्न नसक्ने प्रधानमन्त्री भनाई थियो ।

शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु,संक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नमै केन्द्रित हुने गरेको उनको दाबी थियो ।

भारतसँग खुला सीमा,आर्थिक,राजनीतिक,सामाजिक,जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.